Wednesday, April 28, 2010

अतिवादी सामु आत्मसमर्पण गर्दिनः प्रधानमन्त्री

आदरणीय दिदीबहिनी तथा दाजुभाइहरु ?
हामीले आजदेखि विक्रम सम्बत् २०६६ साललाई विदा गरी २०६७ सालमा प्रवेश गरेका छौँ । नव वर्षको यस अवसरमा म स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरुलाई हार्दिक मङ्गलमय शुभकामना दिन चाहन्छु । नयाँ वर्ष हामी सबैको जीवनमा सुख समृद्धि र उज्याला सम्भावनाहरु बोकेर प्रवेश गर्न सकोस् भन्ने कामना गर्दछु ।

हामी ऐतिहासिक जनआन्दोलनको सफलतापश्चात संविधानसभामार्फत देशमा दिगो शान्तिको स्थापना गर्न र सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्न अग्रसर छौँ । हामीले नयाँ वर्षमा प्रवेश गरे पनि हाम्रा कतिपय महत्वपूर्ण कार्यभारहरु पूरा गर्न बाँकी छ । शान्ति प्रकि्रयालाई सार्थक निष्कर्षमा पुर् याई नयाँ संविधान जारी गर्न डेढ महिना मात्र बाँकी छ । यस्तो अवस्थ्ाामा आफ्ना सामु रहेका कार्यभारहरु सफलताका साथ पूरा गर्न दलहरुका बीचमा उच्चस्तरको जिम्मेवारीबोध सहमति र सहकार्यको आवश्यकता छ । हाम्रा सामु रहेका राष्ट्रिय कार्यभार पूरा गर्दै मुलुकलाई निर्धारित गन्तव्यमा पुर् याउने कार्यमा आ-आफ्नो ठाउँबाट योगदान गर्न म सम्पूर्ण जनसमुदायलाई आह्वान गर्दछु ।


हामी सबैलाई थाहा छ- नयाँ संविधान निर्माणका लागि सर्वप्रथम शान्ति प्रकि्रयालाई सार्थक निष्कर्षमा पुर् याउनुपर्दछ । विस्तृत शान्ति सम्झौता र त्यसका आधारमा भएका सहमति-सम्झौता अनुरुप इमानदारीका साथ अघि बढ्ने हो भने हामी यो काम सम्पन्न गर्न सक्दछौँ । अस्थायी शिविरमा रहेका माओवादी सेनाका लडाकुहरुको समायोजन र पुनःस्थापना नगरी शान्ति प्रकि्रयालाई टुङ्ग्याउन सकिँदैन । त्यसका लागि विशेष समितिमा कार्ययोजनासमेत पेस भइसकेको छ । सम्बन्धित पक्षले यसलाई गम्भीर रुपमा लिई तदारुकताका साथ काम गर्ने हो भने समायोजन र पुनःस्थापनाको काम छोटो समयमै पूरा गर्न सकिन्छ भन्नेमा म आशावादी छु ।


संविधान निर्माणका लागि सार्वभौम संविधानसभा कि्रयाशील छ । तर दलहरुका बीचमा राज्यको पुःनसंरचना शासकीय स्वरुप शासन प्रणालीजस्ता प्रश्नहरुमा सहमति कायम नभएका कारण संविधान निर्माणको प्रकि्रयाले गति लिन सकिरहेको छैन । म यसतर्फ गम्भीर भएर आ-आफन्ो ठाउँबाट सकारात्मक भूमिका निर्वाह गर्न सम्पूर्ण राजनीतिक दलहरुलाई आग्रह गर्न चाहन्छु । यस सन्दर्भमा आवश्यक भूमिका निर्वाह गर्न सरकार सधैँ तयार रहेको कुरा स्पष्ट पार्न चाहन्छु ।


ल्ााेकतन्त्र शान्ति प्रकि्रया र नयाँ संविधान निर्माणको यात्रा हामी आफैँले तय गरेका हौँ । शान्ति प्रकि्रयाका लागि हामीले विगतमा अनेक जोखिम मोलेका थियौँ । यो प्रकि्रया आरम्भ गर्नेमध्येका एक गिरिजाप्रसाद कोइराला अहिले हामीबीच हुनुहुन्न । आज यसलाई सार्थक निष्कर्षमा पुर् याउने जिम्मेवारी पनि हाम्रै हो । इमानदारीका साथ खुलस्त भएर एउटै टेबुलमा बस्ने हो भने आपसी अविश्वास हटाउन सकिन्छ एक-अर्काका कुरामा सहमत हुन सकिन्छ र नयाँ निष्कर्ष निकाल्न सकिन्छ । तर त्यसका लागि सबैले आ-आफ्नो हठ र सङ्कीर्ण स्वार्थबाट माथि उठ्नैपर्दछ ।


सहमति र सहकार्यको कुनै विकल्प छैन । विगतमा विपरीत ध्रुवमा उभिएका राजनीतिक दलहरु लोकतन्त्र र बृहत्तर राष्ट्रिय हितका लागि एउटै मोर्चामा गोलबन्द हुन तयार भएकै कारण एकता सहमति र सहकार्य भएको थियो । जतिबेला दलहरुका बीचमा सहमति र सहकार्य हुन्छ त्यतिबेला नेपाली जनताले निकै ठूला उपलब्धिहरु हासिल गरेका छन् । तर दलहरुका बीचमा बेमेल र द्वन्द्व भएको बेला जनताले हारेका छन् जनविरोधी तत्वले जितेका छन् । यही यथार्थलाई आत्मसात् गर्दै आउनुहोस् देश र जनताका लागि फेरि सबै मिलेर साझा निष्कर्ष निकालौँ साझा सङ्कल्प गरौँ र सहमतिका साथ अघि बढौँ । संविधानको सर्वोच्चता कानुनको शासन समावेशी र न्यायपूर्ण सामाजिक-राजनीतिक पद्दतिको स्थापना संघात्मक शासन प्रणाली धर्मनिरपेक्षता बहुलवाद न्यायपालिकाको स्वायत्तता प्रेस स्वतन्त्रता नियन्त्रण र सन्तुलनको सिद्धान्तप्रतिको दृढ प्रतिबद्धताका सवालमा साझा सहमति कायम गर्दै अगाडि बढ्न म सम्पूर्ण राजनीतिक दलहरुलाई हार्दिक आह्वान गर्दछु ।


मुलुकमा विकसित नयाँ परिस्थितिमा एउटा सरकारले सत्ता छोडेपछि नयाँ सरकार बन्ने नितान्त नियमित र स्वाभाविक संवैधानिक प्रकि्रया अन्तर्गत म २२ राजनीतिक दलको सहमति र समर्थनमा प्रधानमन्त्री निर्वाचित भएको हुँ । मुलुक मुठभेडमा जान सक्ने खतरा रहेको अवस्थामा मैले जिम्मेवारी सम्हाल्नुपरेको थियो । यसबीचमा अनेकौँ जटिल अवस्थाको सामना गर्दै मैले मुलुकलाई मुठभेडमा जानबाट रोक्न र सहमतिको तोडिएको शृङ्खलालाई पुनः जोड्नका लागि आफ्नो तर्फबाट हरसम्भव कोसिस गर्दै आएको छु । सार्वभौमसत्ता सम्पन्न व्यवस्थापिका-संसद्बाट निर्वाचित सरकारलाई अनेक किसिमले लािाछत गर्दा र व्यक्तिगत रुपमा आफूमाथि अनेक प्रकारका आक्षेपहरु लगाइँदा पनि संयम र धैर्य गुमाउनु हुन्न भन्ने मान्यताका साथ मैले सहमतिका लागि अधिकतम लचकता प्रदर्शन गर्न कुनै कसर बाँकी राखेको छैन । म विश्वास दिलाउन चाहन्छु- खुला हृदयका साथ एउटै ठाउँमा बस्दा निस्किने सहमतिपूर्ण निष्कर्षलाई आत्मसात् गर्न म सदैव तत्पर छु । तर यसको अर्थ अतिवादका सामु घुँडा टेकेर आत्मसमर्पण गर्नुपर्दछ भन्ने कदापि हुन सक्दैन । सबैखाले अतिवादलाई परास्त गरेर नै शान्ति लोकतन्त्र र अग्रगमनलाई सुनिश्चित गर्न सकिन्छ भन्नेमा म दृढ छु ।


नागरिकको जीउ-धनको सुरक्षा सुशासनको प्रबद्र्धन भ्रष्टाचार नियन्त्रण ढिलासुस्तीको अन्त्य कानुनको पूर्ण पालना मानवअधिकारको रक्षा जस्ता आफ्ना जिम्मेवारीहरु दृढतापूर्वक पूरा गर्न म निजामती सेवा नेपाली सेना नेपाल प्रहरी सशस्त्र प्रहरी बललगायतका सम्पूर्ण राष्ट्रसेवकहरुलाई आह्वान गर्दछु । जुनसुकै अवस्थामा पनि राष्ट्र र जनताको रक्षा गर्नु सरकारको दायित्व हो । यस दायित्वबाट सरकार कदाचित विमुख हुन सक्दैन । सङ्क्रमणकालीन यस अवस्थामा अझ बढी जिम्मेवारीबोध इमानदारी कर्तव्यपरायणता र समर्पणका साथ जनताको सेवामा जुट्न म सबैसँग आग्रह गर्दछु ।


नयाँ वर्ष २०६७ मा हामी सबैले सबल समृद्ध शान्त र स्वाभिमानपूर्ण नेपालको निर्माण गर्न अग्रगामी मार्गमा पाइला चाल्न सकौँ महत्वपूर्ण राष्ट्रिय कार्यभारहरु पूरा गर्न पुनः एक ठाउँमा उभिन सकौँ र मुलुकको सार्वभौमसत्ता अखण्डता र अक्ष्ाण्णताको रक्षाका लागि एउटै निष्कर्ष निकाल्न सकौँ ।


हामी आशा तथा विश्वास गरौँ- नयाँ वर्षमाः


ड्डदलहरुका बीचको सहमति र सहकार्यलाई निरन्तरता दिइनेछ ।


ड्डशान्ति प्रकि्रयालाई सार्थक निष्कर्षमा पुर् याइनेछ ।


ड्डजनचाहना अनुरुपको नयाँ संविधान निर्माण गरिनेछ ।


ड्डराष्ट्रिय अर्थतन्त्रलाई पुनःजीवन प्रदान गरिनेछ ।


ड्डद्वन्द्वको तिक्तता र कटुतालाई मेलमिलापयुक्त सामाजिक पद्दतिमा रुपान्तरण गरिनेछ ।


ड्डद्वन्द्वपीडितहरुलाई राहत र न्यायको अनुभूति दिलाइनेछ ।


ड्डसमृद्ध र सबल नेपालको जग निर्माण गरिनेछ ।


व्यापक राष्ट्रिय सहमति सहकार्य र एकताका लागि सम्पूर्ण राजनीतिक दल विभिन्न समुदाय र आमजनतालाई अपिल गर्दै पुनः सबैलाई नयाँ वर्षको हार्दिक शुभकामना दिन चाहन्छु ।

No comments:

Post a Comment

please click this picture